
काठमाडौं / पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १४ हजार २ सय ९ नमुना परीक्षण गर्दा १ हजार २ सय ६१ महिला र २ हजार १ सय ७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । याे सँगै मुलुक भरमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
उनीहरु मध्ये ५ सय ७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६ सय ६८ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार १ सय २६ जना संक्रमण मुक्त भएका छन् ।
देशभर २५ हजार ७ संक्रिय संक्रमित छ । १४ हजार ४ सय ११ होम र १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरु मध्ये २ सय ३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।