हरेक वर्ष निजामती सेवा दिवशको अबसरपारि सरकारले उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परालाई यस पटक पनि निरन्तरता दिईने भए पनि यस वर्ष सर्वोत्कृष्ट कर्मचारीको रुपमा कुनै पनि कर्मचारी पुरुस्कृत नहुने भएका छन् ।
सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारी छनौटमा पर्न नसकेपनि १७ औ निजामति सेवा दिबशको अबसरमा १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिने भए भएको छ । यद्यपि उक्त निर्णयबमोजिम पुरुस्कृत हुनेहरुको नामाबली सोमबारमा मात्र सार्वजनिक हुने बताईएको छ ।
उत्कृष्ट कर्मचारीलाई जनही एक लाख रुपियाँ सहित सम्मान पत्र र निजामती पुरस्कार पाउनेले जनही ५० हजार नगद सहित सम्मान पत्र प्राप्त गर्ने छन् । कोरोना भाइरस सङ्क्रमणका कारण औपचारिक समारोहको आयोजना नगर्ने पुरस्कार समितिले निर्णय गरेको छ ।
ADVERTISEMENT