
डोटी / डोटीको बडीकेदार गाँउपालिकामा बेहाेस् पछि मृत्यु भएका आदर्श गाँउपालिकाका विनोद खड्काको मृत्यु पुर्व सामाजिक संजालमा चार पाेष्ट गरेका थिए ।
विनाेदकाे फेसबुकमा हेर्दा उनका चार वटा अन्तिम पाेष्ट गरेकाे देखिन्छ । धनगढी बाट कार्यक्षेत्र आउदै गर्दा उनले एउटा पाेष्ट गरेका छन् । त्यसमा आफ्नाे छाेराकाे फाेटाे हाल्दै आफू चाडै फर्कने अस्वासन दिएका छन् ।
त्यस्तै उनले अफन्तलाई बधाई दिएका छन् । भाई बुहारीलाई नब शिशु जन्मकाे बधाई उनकाे अन्तिम बधाई बनेकाे छ ।
तेस्राे पाेष्ट उनले आफ्नाे फेसबुक प्राेफाईल अपडेट गरेका छन् जुन प्राेफाईल खड्काकाे अन्तिम प्राेफाईल बन्याे । त्यस्तै उनले आफू फिल्ड जादा खिचेकाे फाेटाे पाेष्ट नै उनका लागि अन्तिम पाेष्ट बन्याे । जुन फाेटाे अहिले फेसबुकमा भाईरल छ ।