
काठमाण्डौ / हिन्दुधर्मालम्वीको महान पर्व बडा दशै तथा शुभदिपावली नजिकिँदै गर्दाको मौका छोपी बढी भाडा असुल गर्ने ५ जना पक्राउ परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बढी भाडा लिएको आरोपमा बिमल खत्री, किरण पौडेल, जितेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादवलाई पक्राउ गरेको हो । खत्री र पौडेल कोटेश्वरस्थित काउन्टरबाट तथा साह, भुजेल र यादव बल्खुबाट पक्राउ परेका हुन् ।
बढी भाडा असुली गरि रहेको भन्ने गुनासो सुन्नमा आए संगै महानगरीय प्रहरी सादा पोशाकमा अनुसन्धानका लागी प्रहरीलाई खटाए संगै उनीहरु पक्राउ परेको प्रहरी श्रोतले बताएको छ ।
मुलुकमा कोरोनाको कहर चलि रहेको समयमा आम नागरिक मर्कामा परि रहेको भए पनि घर फर्कन चाहने यात्रुहरु संग सवारी चालकहरुले मनपरी भाडा अशुल गर्न थालेका छन् ।
सरकारले कोरोनालाई मध्येनजर गरि भौतिक दूरी कायम राख्दै सवारी संचालन गर्न आग्रह गरेको भए पनि सवारीमा यात्रु क्षेमता भन्दा बढी राख्ने भाडा बढाएर लिने गरेको पछिल्ला समयमा पाईएको छ ।