![](https://supaonline.com/wp-content/uploads/2020/10/00000-1.jpg)
डोटी / डोटीको जोरायल गाउँपालिका २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घनाको ६ बर्ष पुराभए संगै मृतकहरुको सम्झनामा दिपप्रज्वलन गरिएको छ ।
गाँउपालिकाको वडा नम्वर २ कटपत्तेमा हिन्दुहरुको महानचाड बडा दशैको समयमा २०७१ साल असोज २० गते बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि ६८ जना घाईते भएका थिए ।
घटनाको मिति पारी स्थानियहरुले घटना स्थलमा २९ वटा दिप प्रज्वलन गरि मृतकहरुको आत्माशान्तीका लागी कामना गर्दै सम्झना गरिएको स्थानिय तिर्थराज भट्टले बताए । उक्त कार्यक्रममा स्थानिय तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।