डोटी / डोटीको बडीकेदार गाँउपालिकामा बेहोस अबस्थामा फेला परेको जिल्लाको आदर्श गाँउपालिकाका विनोद खड्काको मृत्यु भएको छ ।
गैरसरकारी संस्थामा कार्यरत खड्का मंगलबार बिहान बडिकेदार गाउँपालिका–१ विपीनगरबाट दुई किलोमिटर अगाडि गोलेचौडमा बेहोस अवस्थामा फेला परेका थिए ।
उनी सवार से ५ प २६३१ नम्बरको मोटरसाइकल सडकमा ढलेको अवस्थामा फेला परेको र सड्कमा नै खड्का विहोस अबस्थामा फेला परे पछि उपचारका लागी धनगढी लग्दै गर्दा बाटोमा उनको मृत्यु श्रोतले बताएको छ ।
उनी सवार मोटरसाईकाको अबस्था हेर्दा दुर्घटना भएको जस्तो नदेखिएकोले उनी कसरी विहोस भए र मोटरसाईकल कसरी ढलेको हो भन्ने विषयमा अनुसन्धान भई रहेको प्रहरीले बताईएको छ ।
निज खड्का जिल्लाको आदर्श गाउँपालिका–१ बाझका स्थायी बासिन्दा हुन् । उनी केदार ग्रामिण विकास समाज नेपालले सहजीकरण गरिरहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत थिए ।