काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट काठमाडौंका ९ सहित २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
काठमाडौंका ९, ललितपुरका ३, सर्लाहीका २, सुनसरी, पर्सा, गोरखा र नवलपुरका एकएक जनाको मृत्यु भएको छ । यस्तै रुपन्देही र तेह्रथुमका एकएक जनाको पनि मृत्यु भएको छ ।