
काठमाडौं / प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका नेपाली काग्रेशका तीनजना प्रदेशसभा सांसदलाई उक्त पार्टीले अनुशासनको कारवाही गर्ने भएको छ ।
संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारवाही गर्ने भएको हो ।
कांग्रेस स्रोतका अनुसार सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभा भित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित हुदै टेलिफोन मार्फत देउवाले तुरुन्त कार्वाही गर्न निर्देशन दिएको श्रोतले बताएको छ ।