
काठमाण्डौ / सुन्दा नी अचम्म लाग्ने नेपालमा सोमबार एक २८ बर्षिष महिलाले ५ शिशु जन्माएकी छिन् ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी सोमिका तामाङले एकै साथ पाँच शिशु जन्माएकी हुन् ।
ति मध्ये एक शिशु मृत अबस्थामा जन्मीएको भएता पनि ४ शिशुलाई सकुलल जन्माएकी हुन् ।
उनले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएको अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले बताए । मिश्रले भने “आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,” उनले भनिन्, “अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।”
जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।