
वीरगञ्ज / वीरगञ्जमा प्रहरीले वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा भण्डार ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ ।
ठुलो परिमाणमा अखाद्य बस्तु बरामत भए संगै प्रहरीले उक्त तिन ओटा गोदाम सिल गरेको छ । गोदामबाट ५ लाख ९६ हजार ६ सय ६० रुपैयाँको बराबरको म्याद नाघेका सामाग्री भेटिएको उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ ।
आदर्शनगरमा एएसटी प्रालिको ३ वटा ठूलो परिमाणमा वनस्पति घ्यू, नरिवलको धुलो, केक र बेकरी, विस्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंगलगायत सामग्री म्याद नाघेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताईन् ।
गोदाममा लोटस ४९ कार्टुन, जिएसएम क्लासिक एक्स पी १६ कार्टुन, लिलि स्टार एक्सपी ४ कार्टुन, एसएम म्याजिक एक्सपी २३ कार्टुन, आल्मुनियम पेस्ट २८ ड्रम, क्याल्सियम प्रोपिनेट पाउडर (विस्कुट हो ।