
महेन्द्रनगर / कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ ।
सोहि नगरपालिका बडा नं. १ बस्ने सिंह बहादुर तामाङको आईतवार राती से ६ प २९२८ नम्बरको मोटरसाइकलबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिव्र गतिमा आएको उक्त मोटरसाईकलको ठक्करबाट ५५ बर्षिया सिँह घाईते भएका थिए भने उनको उपचारको क्रममा धनगढीको मायामेट्रो अस्पतालमा मुत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।
सो मोटरसाईकल चालक पनि घाईते भएको र उनको पनि सोहि अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।