चक्र वहादुर मल्ल / डोटी जिल्लाको बिकट मानिएको बडीकेदार गाउँपालिकामा पहिलो पटक फोर जी सेवा सुरु भएको छ ।
नेपाल टेलिकमले सेवा विस्तार गर्ने क्रममा आईतबार देखि उक्त गाँउपालिकामा फोर जी सेवा सुरु गरेको जनाएको छ ।
गाँउपालिकामा फोट जी सेवा सुरु भए संगै स्थानियहरुको ईन्टरनेटमा सहजै पहुच पुग्न्े भए पनि खुशी भएका छन् । गाँउमा नेटको सेवा राम्रो नभएका कारण धेरै सूचनाहरुबाट बन्चीत हुदै आएका स्थानियले अब सहजै डिजटिल सुचना प्राप्त गर्न सक्ने भएका छन् ।
धेरै लामो समयमा प्रयास पछि गाँउपालिमा फोर जी सेवा संचालनमा ल्याउन सकिएको उक्त गाँउपालिकाले जनाएको छ । सेवा संचालन गरेकामा नेपाल टेलिकमलाई गाँउपालिकाले धन्यवाद समेत दिएको छ ।