
डोटी / सुदूरपश्चिम प्रदेशमा आधाभन्दा बढी कोरोना भाईरसका संक्रिय संक्रमित कैलालीमा रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
प्रदेशभरमा कुल १ हजार १६ जना सक्रिय संक्रमित रहेकोमा कैलाली जिल्लामा मात्र ५ सय ६७ जना रहेको निर्देशनालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै स्वास्थ्य निर्देशनालय डोटीका अनुसार डोटीमा १ सय १९, बझाङमा १ सय ११, अछाममा ५९, बैतडी ३०, कंचनपुरमा ८९, दार्चुलामा २७ र डडेल्धुरामा १२ जना कोरोना भाईरसरका संक्रिय संक्रमित रहेका छन् । यो अबधिका बाजुरा जिल्लामा भने संक्रिय संक्रमित शून्य रहेको छ निर्देशनालयले जनाएको छ ।
त्यस्तै आईतवार राती सम्मको तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार पाँच सय ७० जना संक्रमितले कोरोना माथी विजय प्राप्त गरेका छन् ।