
निश्चल नरेश बोगटी / केही दिन अघि डाेटीमा गठन भएकाे दारी ग्याङ सामाजिक क्षेत्रमा सक्रिय देखिन थालेकाे छ । साेहि क्रममा ग्याङका सदस्य सदस्यहरुले रक्तदान गरि एक बृध्दाकाे ज्यान जाेगाएका छन् ।
दारी ग्याङका सदस्य डम्बरु जाेशी र रमेश बहादुर साउदले रक्तदान गरि डोटी पुर्बिचौकी गाउँपालिका वडा नं. २ बगलेक घर भएकी ७३ बर्षिया बर्मा ठगुन्नाकाे ज्यान जाेगाएकाे जिल्ला अस्पाताल डाेटीले जनाएकाे छ ।
हिडबस गर्न नसक्ने अबस्थामा जिल्ला अस्पताल डोटी पुगेकि ठकुल्लालाई चेकजाच गर्दा शरिरमा हेमोग्लोविनको मात्रा कम देखिएकाे थियाे ।
२ पिन्ट `ए´पोजेटिभ रगतको आश्यकता रहेकाे चिकित्सकले बताए संगै ठकुल्लाका आफन्तहरुले रक्तदानका लागि दारी ग्याङ्गका सदस्य निरज बोगटीलाई र सामाजिक संजालमा आव्हान गरेका थिए ।
साे अबस्थाकाे जानकारी आए ग्याङ्गका सदस्य तथा दिपायल सिलगढी नगरपालिकाका इन्जिनियर डम्बरु जाेशी र राष्ट्रिय वाणिज्य बैंक डोटी शाखामा कार्यरत रमेश बहादुर साउदले एक/एक पिन्ट गरि जम्मा दुई पिन्ट रगत दिइएको डाक्टर प्रमोद भट्टले बताए ।
आफ्नो थोरै रगतले गर्दा कसैको ज्यान जोगिन पाउदा आफुलाई गर्व अनुभुती भएको रक्तदाता जाेशी र साउँदले बताए । सामाजिक सञ्जालबाट देशका बिभिन्न जिल्लामा विस्तार भई गठन भएको उक्त दारी ग्याङ डाेटीले यस भन्दा अगाडि पनि दर्जनौं बिरामीलाई रक्तदान तथा अन्य बिभिन्न सामाजिक कार्य निस्वार्थ रुपमा गर्दै आएकाे र आगामी दिनमा पनि यस्तै काम काम गर्दै जाने दारी ग्याङ डोटीका संयोजक अनुजराज जोशीले बताए ।