डोटी / डोटी जिल्ला केआईसिँह गाँउपालिका स्थायी घर भई लामो समय डोटीको स्वास्थ्यमा योगदान पुराएकी स्वास्थ्यकर्मि गिता भट्टलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पताल कैलालीमा आज आईतबार भएको परिक्षणमा उनलाई कोरोना संक्रमण भएको गिताका श्रीमान् तथा राष्ट्रिय जनमोर्चाका प्रभावशाली केन्द्रीय नेता मनोज भट्टले बताए ।
नेता भट्टले सामाजिक संजाल मार्फत स्वास्थ्यकर्मि गितालाई कोरोना संक्रमण पुष्टी भएको जानकारी गराएका हुन् । नेता भट्टले आफ्नो फेसबुकमा लेखेका छन्, “कोरोना महामारिका विरुद्ध फ्रन्ट लाईनमा लडिरहेका स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् । तिमी पनि त्यसको अपवाद हुन सकेनौ गीता । सङ्घर्ष, सकारात्मक सोच, साहसी स्वभाव तिम्रो जीवन को प्रधान पछि रहिआएको छ । आशा छ यिनै गुणले रोगमाथि सहजै विजय हासिल गर्ने छौ । शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”
लगातार १६ बर्ष देखि डोटी जिल्ला जिल्लाको केआईसिँह गाँउपालिका अन्तरगतको स्वास्थ्य चौकीमा रहि जिल्लाको स्वास्थ्य क्षेत्रमा योगदान पुराएकी गिता एक बर्ष पहिले मात्र कैलालीमा सरुवा भई गएकी थिईन् । नेता भट्टले स्वास्थ्यकर्मि गिता भट्टको स्वास्थ्य अबस्था सामान्य रहेको र अहिले आईसोलेसनमा रहेका सुपअनलाईलाईलाई बताएका छन् ।