युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सुपअनलाईन डोटी / अहिले नेपालमा दिन प्रतिदिन बलात्कारका घटनाहरु बढ्दोक्रममा रहेको छ । कतिपय घटनाहरु सार्वजनिक नै नभई गाँउका ठालुहरुले मिलाउने गरेका घटना पनि सार्वजनिक हुने गरेको छ ।

केहि दिन अघि मात्र सुदुरपश्चिमको बझांग जिल्लामा बलात्कार पछि १२ बर्षिया बालिकाको हत्या गरेको घटनाले देशलाई नै ततायो । घटनाको अध्ययन अनुसन्धान गर्दै जादा १२ बर्षिया बालिकोको हत्याको आरोपमा प्रहरी सार्वजनिक गरेको अभियुक्तबाट पहिले पनि १३ बर्षिया बालिका माथी बलात्कार भएको खुलासा भयो । पहिलो पटक भएको घटना गाँउघरमा मिलाईएको समेत अनुसन्धानको क्रममा देखियो ।

त्यस्तै बलात्कारको घटनालाई गाँउघरमा ५ लाख दिएर मिलाउने पञ्चेहरुलाई प्रहरीले पक्राउ गरेको समाचार बाहिर आएको छ । सिराह जिल्लामा बलात्कारको घटना गाउँमै मिलाउने ८ जना पञ्चलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सिरहाको बिष्णुपुर गाउँपालिका–१ स्थित गत असोज १२ गते अन्दाजी ५ बजेको समयमा भएको बलात्कार प्रकरणमा गाउँका पञ्चहरुले ५ लाख रुपैयाँ जरिवाना तोकेर मिलाएको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त प्रहरी टोलिले पञ्चहरुलाई पक्राउ गरेको जनाएको छ ।

सोही स्थान बस्ने स्थानीय सिँघेश्वर साहको २० वर्षीय छोरा मुकेश कुमार साहले सोही ठाउँकी एक किशोरीलाई घरमा पसेर बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । सोहि मुद्दालाई गाँउघरमा मिलाउने पञ्चेहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिराहको बिष्णुपुर गाउँपालिका बस्ने ५२ वर्षीय सिंहेश्वर साह, सोही ठाउँ बस्ने २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साहलाई पक्राउ परेका छ्न । त्यस्तै सोही ठाउँका ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदि भन्ने श्याम सुन्दर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

किशोरीलाई बलात्कार गरेको भन्दै रिसको आवेगमा आएर किशोरीकी भाईले उनलाई नै कुटपिट गरी घाईते बनाएपछि घटना बाहिर आएको थियो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले स्थानीय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी बिराटनगरस्थित बिराट नर्सिङ होम बिराटनगरमा लगी उपचार गराएको थियो ।

असोज १६ गते शुक्रबार गाउँ फर्किँदा उक्त घटना गाउँ घरमै मिलाउन भनि गाँउमा नै पञ्चायत बसी पीडकको आफन्तसँग तमसुक कागजसमेत गराई उक्त कागज जगविर यादवको जिम्मामा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय