समिक्षा आचार्य, काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएका ६७ सुरक्षाकर्मिको कोरोना संक्रमण देखिए संगै प्रधानमन्त्री ओलीको सुरक्षा टोली परिबर्तन गरिएको छ ।
श्रोतले दिएको जानकारी अनुसार कोरोना संक्रमण पुष्टि भएका सबै सुरक्षाकर्मीहरुलाई नागार्जुन नगरपालिका–१ स्थित इचगुंको आइसोलेनमा पठाईएको छ ।
शनिबार प्रधानमन्त्री ओली निवासमा खटेका ६७ सुरक्षाकर्मि सहित प्रधानमन्त्री ओलीका स्वकीय सचिब, प्रमुख सल्लाहकार, चालकदलका कर्मचारीहरुमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको थियो ।