
दैलेख / दैलेख जिल्लामा कोरोना संक्रमित ५१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
दैलेखमा रहेको समयमा उनको स्वास्थ्यमा जटिल समस्या आए पछि मृतकलाई हिजो शनिबार राति १२ः४५ बजे नेपालगञ्ज मेडिकल कलेज पुर्याई, शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।
यि पुरुषको आज आईतबार उपचारका क्रममा मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनको आन्द्रा फुटेकोले अवस्था जटिल भएको हुँदा त्यहाँबाट कोहोलपुर रिफर भएका थिए ।