समिक्षा आचार्य, काठमाण्डौ / २१ दिन देखी अनशनरत डा. गोविन्द केसीको जिवन रक्षाको माग गर्दै ७२ घण्टा भित्र सरकारलाई वार्ता टोली गठन गर्न नेपाल चिकित्सक संघले अल्टिमेटम दिएको छ ।
आज आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्य गराउन माग गर्न हो ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी गत भदौ २९ गते देखि डा. केसीले जुम्लाबाट सुरु गरेको अनसनको आईतबार २१ औ दिन हो । यति धेरै दिन सम्म सरकार पक्ष बाट कुनै चसा नदेखाएको भन्दै संघले सरकारलाई ७२ घण्टे अल्टीमेटम दिएको हो ।
‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’ संघका महासचिव बद्री रिजालले विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।