डोटी / डोटीको दिपायल सिलगढी नगरपालिका क्षेत्रमा व्यवसाय संचालन गर्दै आएका खगेन्द्र वहादुर साँउद केविले सोहि नगरपालिका बडा नं. ३ का युवाहरुलाई सहयोग गरेका छन् ।
लामो समय देखी सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका साँउदले कोरोना कहरको समयमा गाँउघरमा आएका युवाहरुलाई संगठित हुन सहज होस् भन्दै सो वडामा स्थापना भएको सालमुनि युवा क्लबका युवाहरुलाई सहयोग गरेका हुन् ।
स्थानिय युवाहरुले अब गाँउमा केहि गर्नु पर्छ, युवाहरुका लागी रोजगारीको बाटो गाँउमा नै सृजना गर्नु पर्छ, समाजमा रहेका कुरीति कुसंस्कारहरुलाई हटाउनु पर्छ भन्दै स्थापना गरेको उक्त क्लब उद्घाटनको क्रममा प्रमुख अतिथि समेत रहेका सत्तारुढ नेकपा प्रदेश कमिटि सदस्य साउदले संस्था स्थापनाका लागी आबश्यक कुर्चि टेवल दराज स्टेशनरी सामाग्री सहयोग गरेको उक्त क्लबका अध्यक्ष ईन्द्र साँउदले बताए ।
शनिवार आयोजना भएको क्लब उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी नेता साँउदले आफुले युवाहरुका लागी गर्नु पर्ने सहयोग हरदम सहयोग गर्न तयार रहेको अब युवाहरुले विदेशीमा नभई आफ्नै भुमिमा मेहनत गरि देशलाई सम्वृद्ध बनाउने अभियानमा जोडिनु पर्ने बताए । आफुले समाजसेवीका नाताले अहिले सहयोग गरेको भए पनि पाटीगत रुपमा पनि सहयोग गर्नु पर्ने अबस्था आए निर्धक्क आफुलाई भन्न र आफ्नो हातबाट हुने सहयोग गर्न हरदम तयार रहेको नेता साउदले बताए ।
साँउदले कार्यक्रममा बोल्दै नगरपालिका क्षेत्रमा सबै युवाहरु एकजुट भएर नगर क्षेत्रको विकासका लागी लाग्नु पर्ने धारणा व्यक्त गरे । उक्त कार्यक्रममा बडा नं. १ का अध्यक्ष वहादुर खड्का, बडा नं. ९ का अध्यक्ष धर्म साँउदको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष ईन्द्र साँउदको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा सयौको संख्याका बडाबासीहरुको सहभागीता रहेको थियो ।
समाजमा रहेका कुरितिकुसंस्कारहरुको अन्त्य गर्नु र कला संस्कृतिको जगर्ने गर्नु आफुहरुको पहिलो उदेश्य रहेको संस्थाका अध्यक्ष ईन्द्र साँउदले बताए । उनले दानविर साँउदले यस भन्दा पहिले पनि नगरक्षेत्रका बृद्धबृद्धाहरुलाई न्यानो कपडा, सरसफाईका लागी, फोहरफाल्ने कन्टेनर, प्रतिक्षलय निर्माण गर्दै आएको र आज युवाहरुका लागी समेत सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।