आशिष बहादुर सिंह / बझाङ जिल्ला सदरमुकाममा रहेको देवल विमान स्थल दश बर्ष पछि जहाज अबतरण भएको छ । २०६५ सालमा जिल्ला सदरमुकाम चैनपुर सम्म यातायातका साधन पुग्न थालेपछि २०६६ सालमा देवल विमानस्थल बन्द भएको थियो ।
दश बर्ष पछि पहिलो पटक शनिबार संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेस कुमार भट्टराईले सुमित एयरकालेन्स जहाज मार्फत बझाङ विमानस्थलको निरीक्षण गरेका छन हुन। देबल विमान स्थलको निरीक्षण गर्दै अब छिट्टै हवाई उडान सुरु हुने भट्टराईले बताए ।
२०३२ सालमा तत्कालिन नेपाल वायु सेवा निगमले बझाङको देवल विमानस्थलबाट साप्ताहिक उडान सुरु गरेको थियो । हप्ताको दुई दिन नेपालगञ्ज–बझाङ, र बझाङ–धनगढी उडान सुरु गरेको थियो । पछि तारा, मकालु, सांग्रिला जस्ता निजी एयरलाइन्सले पनि हप्तामा दुई तीन पटक उडान भर्न सुरु गरेका थिए । तर सरकारी पक्षको व्यवास्ताका कारण असुरक्षित भएको भन्दै निजि कम्पनिहरुले पनि उडान बन्द गरे पछि त्यति बेला देखि बन्द भएको विमानस्थल अहिले आएर सुचारु हुने भएको छ ।
विमानस्थल सुचारु नहुँदा बझाङ वासीले सास्ती खेप्नु परेको थियो । हवाईमा २७ मिनेट यात्रामा धनगढी पुग्न सकिने भएपनि सड्क मार्गबाट भने दुई दिन सम्म लगाउनु पर्ने अवस्था छ । स्थानीय रमेश सिंहले भने, कोही दुखी विरामी हुँदा बाहिरी जिल्ला सम्म लिन परेको खण्डमा कतिपएको त विच बाटोमा नै ज्यान जाने गरेको थियो । अब उडान सुरु भएपछि भने यसरी अकालमा ज्यान कसैले पनि गुमान नपर्ने उनको भनाई छ ।
उडान सुरु हुने भएपछि यहाँका सर्वसाधारण स्थानीय बासिन्दा सबै खुसी भएका छन् । आन्तरीक तथा बाह्य पर्यटकहरु पनि भित्रन सक्ने भएका कारण अब विमान सुचारु भएपछि जिल्लाको आर्थीक कारोबार पनि फष्टाउन सक्ने बझाङ उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । उनले भने बझाड हुदै तिव्वतको मानासरोवर र साईपाल हिमाल जाने छोटो रुट हुने हुदाँ यहाँ आन्तरीक तथा बाह्य पर्यटन भित्रन सक्ने बताए ।
नियमित उडान तालिका छिट्टै दिने मन्त्री भट्टराई प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी, बझाङ र बैतडीमा रहेका हवाई मैदानहरुको निरिक्षण गर्न आएका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेस कुमार भट्टराईले बझाङका लागी नियमित उडान तालिका छिट्टै दिने बताए ।
तिनै जिल्लाका हवाई मैदानको स्तरउन्नती भएर कालोपत्रे भई सकेपछि परिक्षण उडान लिएर सुमित एयरको जहाजमा शनिबार बझाङ आएका मन्त्री भट्टराईले बझाङ बासीलाई बिश्वास दिलाउदै नियमित उडानका लागी छिटै तालीका सार्वजनिक गर्ने प्रतिवद्धता गरे ।
परिक्षण उडानको क्रममा मन्त्री भट्टराई लगायत मन्त्रालयका सचिब र नागरिक उड्यन प्राधिकरणका प्रमुख सहितको टोली जिल्ला आएको अबसर परि देबल हवाई मैदानमा जिल्लाबासीका तर्फबाट एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बझाङ जिल्लाको हवाई मैदानको रन वे पनि लामो भएको र हवाई मैदान पनि उपयुक्त स्थानमा भएकाले अब कुनै पनि जहाज अबतरण हुनका लागी समस्या नभएको समेत बताए ।
मन्त्रीहरुको स्वागत कार्यक्रममा जिल्लाबासीका तर्फबाट यहाँको हावाई जहाजको नियमित आबस्यकताका साथै अन्य पर्यटकिय स्थलहरुको जानकारी दिँदै यस्ता स्थलहरुको सरकारले प्राथमिकता दिनु पर्ने भन्दै नेकपा पाटी अध्यक्ष मिनबहादुर कुवँरले ज्ञापनपत्र समेत बुझाएका छन् ।
२०३२ साल देखि नियमित उडान भएको देवल बिमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसंगै नियमित उडान स्थगित गरिएको थियो । बिमानस्थल कालोपत्रे भई सकेपछि अब सरकारले बझाङका लागी नियमित उडान भर्न आबस्यक रहेको प्रतिनिधी सभा सदस्य भैरबबहादुर सिंहले बताए ।
उनले भने बझाङबाट तिब्बत मानसरोबर पुग्न सबै भन्दा छोटो नाका भएकाले भारतको राजधानी दिल्ली देखीका तिर्थयात्रीहरुलाई मानसरोबर जान सहज हुने हुदाँ धनगडी बझाङ नियमित उडान हुनु पर्नेमा जोड दिने बताए । बिगत दुई बर्ष देखि कालोपत्रे काम भईरहेको देबल बिमानस्थलको सबै काम सकिएको छ । कालो पत्रेका लागी झण्डै ५ करोड ५० लाखको लागत रहेको थियो ।