काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकदलका कर्मचारी लगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस मध्ये ६५ जना सुरक्षा कर्मचारीहरु रहेको स्रोतले जनाएको छ । श्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतका सचिवालयका सदस्य समेत संक्रमण देखिएको छ ।