कैलाली, असार ३१
कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा एक पुरुष नदीमा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार टीकापुर नगरपालिका–७ सुन्दरपुरस्थित जमरा नदीमा ५७ वर्षीय दुहना डगौरा थारूको शव फेला परेको हो। स्थानीयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले शवको मुचुल्का तथा अन्य कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











