काठमाण्डौ / केहि समय यता काठमाण्डौ उपत्यकामा लगातार रुपमा कोरोना संक्रमितहरुको संख्या बृद्धि हुदै गए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि दिन काठमाण्डौ नआउन आग्रह गरेको छ ।
शनिबार २ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएकोमा उपत्यकामा मात्र ११ सय ७७ जनामा कोरोना संक्रमण देखिएको हो ।
केहि दिन यता उपत्यकामा कुल संक्रमित मध्ये आधा भन्दा बढी संक्रमित उपत्यकामा देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले त्यस्तो आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ।’