काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयमा रहेका चार जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
शनिवार राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो ।
त्यस्तै केहि चालक दलका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएको बताईएको छ । यस पटक प्रधानमन्त्री ओली श्वाव लिईएको थिईएन । अब प्रधानमन्त्री ओलीको पनि परिक्षण गरिने श्रोतले बताएको छ ।