बुटवल / प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताब अघि आए संगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै नै किचलो सुरु भएको छ ।
प्रदेश ५ को सरकारले प्रदेश सभामा प्रस्ताब गएको भए पनि शनिवार बसेको नेकपा संसदीय दलको बैठकमा भने १३ जनाले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
बिहान ८ बजेदेखि झण्डै ८ घण्टा चलेको वैठकमा १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको बैठक पछि सांसद डा.कृष्ण न्यौपानेले जानकारी बताए ।
उता राजाधानीको विषयलाई लिएर नेपाली काग्रेशले पनि विरोध गरि रहेको छ । आईतबार देखी प्रदेश ५ मा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै विरोध गर्ने नेपाली काग्रेशले बताउदै आएको छ ।