
रोजेन्द्र जोशी / डोटी लामो समय देखी बन्द रहेका सुदुरपश्चिम प्रदेशका ३ विमानस्थलको निरक्षणका लागी डोटी पुगेका संघिय सरकारका पर्यटन मन्त्री योगेश भट्टराइ आले विकासको पर्यायवाची नाम भएको बताएका छन् ।
दिपायल विमानस्थलको निरिक्षण गर्दै मन्त्री भट्टराइले उक्त विमानस्थलको स्तरउन्नतीका लागी डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननिय प्रेम आले मगरले धेरै दौडधुप गरेको आफुले स्मरण गरि रहेको बताएका हुन् । “जिल्लामा कुन नामले चिन्छन् थाहा छैन काठमाण्डौमा हामीले विकासवादी भनेर चिन्ने गरेका छौ ।” मन्त्री भट्टराईले भने ।
चार मिनेट खर्चिय आलेका लागी
विमानस्थलमा करिब १२ मिनेट बोलेका मन्त्री भट्टराईले करिब ४ मिनेट प्रनितिधि सभा सदस्य आलेले गरेका कामहरुका बारेमा खर्च गरे । मन्त्री भट्टराईले भने, “काठमाण्डौमा बस्दै गर्दा माननिय आले नपुगेको मन्त्रालय छैन, अझै हामी त्यति दौडधुप गर्दैनौ माननिय आलेलाई मन्त्रालयहरुमा नचिन्ने कुनै कर्मचारी छैनन् ।”
आफ्नो क्षेत्रमा विकास गराउन गराउनका लागी मन्त्रालयहरुमा जाने मात्र होईन मानविय सेवामा पनि विभिन्न अस्पतालहरु धाउने र विरामीहरुलाई आर्थिक सहयोग समेत आलेले गर्दै आएको मन्त्री भट्टराईको भनाई थियो । दिपायल विमानस्थलको स्तरउन्नतीका लागी आलेले गरेको सहयोगका लागी मन्त्री भट्टराईले धन्यवाद समेत दिए ।
नियमित उडान हुन्छ ।
अझै दिपायल विमानस्थलमा केहि गर्न बाँकी देखिएको र रनवेय बढाउनु पर्ने देखिएको आफुले महसुस गरेकोले केकति जग्गा लिनु पर्ने हो त्यसका बारेमा चाडै अध्ययन गरि विमानस्थलको क्षेत्र विकासलाई लागी आफु क्रियाशिल हुने मन्त्री भट्टराईले बताए ।
लामो समय देखि बन्द रहेको विमानस्थललाई नियमित रुपमा संचलान गर्न आफ्नो मन्त्रालय चिन्तीत रहेको र केहि समय भित्र नै दिपायल विमानस्थलबाट नियमित उडान हुनेमा आफ्नो विश्वास रहेको बताएका छन् ।
प्रकृतिक रुपमा पनि सुन्दर रहेको दिपायल विमानस्थलबाट नियमित रुपमाहवाई उडान हुन थाले पछि डोटी राजधानी देखि टाढा नहुने मन्त्री भट्टराईको भनाई थियो ।
पर्यटन मन्त्री भट्टराईको नेतृत्वको टोलीले आज शनिबार सुदूरपश्चिमका ३ वटा विमानस्थलहरु निरिक्षण गदैछ । डोटीको दिपालय विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङको चैनपुर विमानस्थलको शनिवार एकै दिन निरिक्षण हुदैछ ।