
काठमाडौं / हालै सरकारले गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सल्लाहमा बैठक स्थगित गरिएको हो । दाहालका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले बैठक आइतबार बस्ने तर समय भने निर्धारण भइनसकेको बताए ।
सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गरिएको बताइएको छ । सरकारले गरेको राजनीतिक नियुक्तका विषयमा पार्टीमा केही असन्तुष्टि देखा परेपछि सचिवालय वैठक बोलाइएको थियो ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आजका ४ बजेका लागि बालुवाटारमा बोलाईएको थियो ।