महेन्द्रनगर / कञ्चनपूरको एक होटेलबाट ४५ हजार बढी रकम सहित १२ जुवाडे पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित गोपाल कार्कीले सञ्चालन गरेको कार्की होटेल एण्ड लजमा जुवा खेल्दै गरेका अबस्थामा १२ जनालाई प्रहरीले गएराती पक्राउ गरेको जनाएको छ ।
जुवाखालबाट ४५ हजार ६०० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
पक्राउ पर्नेमा होटेल सञ्चालक ३८ वर्षीय गोपाल कार्की, भीमदत्त–११ का ५० वर्षीय पदम बोहरा, ६३ वर्षीय पदमसिंह खत्री, ४८ वर्षीय करण सिं सुनार, ३८ वर्षीय नन्दराज जोशी, ४२ वर्षीय देवराज ओझा, ५६ वर्षीय कमल गुरुङ, रहेका छन् ।
यस्तै, वडा नम्बर १० का नरेन्द्र सुनार, ४९ वर्षीय दिल्लीराज जोशी, २५ वर्षीय दिपकराज जोशी रहेको प्रहरीले जनाएको छ । त्यस्तै वडा नम्बर ६ का ३८ वर्षीय शंकर पाण्डेय र वडा नम्बर ९ का ४० वर्षीय करनसिंह कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।