डोटी / लामो समय देखी बन्द रहेका सुदुरपश्चिम प्रदेशका ३ विमानस्थलको स्तरउन्नती भएसंगै आज शनिवार संघिय मन्त्रीसहितको टोलीले निरक्षण गर्ने भएका छन् ।
बैतडीको पाटनको, बझाङको चैनपुर र डोटीको दिपायल विमानस्थलको केहि समय पहिले मात्र स्तरउन्नतीको कार्य सम्पन्न भएको थियो । उक्त विमानस्थलहरुमा आज एकै दिनमा संघिय सरकारका पर्यटन मन्त्री योगेश भट्टराइको नेतृत्वको टिम परिक्षण उडानमा सहभागी रहने मन्त्रालय श्रोतले जनाएको छ ।
सिम्रीकएरको जहाज मार्फत मन्त्री भट्टराई सहित डोटीबाट प्रतिनिधि सभा सदस्य तथा विकासबादी नेता प्रेम आले, बैतडीका दामोदर भण्डारी र बझाङका भैरब वहादुर सिँह लगायतका प्रतिनिधि सभा सदस्यहरुले निरिक्षण तिन ओटा विमानस्थलको निरिक्षण गर्ने छन् ।
निरिक्षण तथा परिक्षण उडानका लागी आज विहान ७ बजे उक्त टोली काठमाण्डौ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान गरि धनगढी पुगेको छ । अहिले धनगढीबाट बैतडीकालागी विमान उड्ने छ । बैतडीको विमानस्थलको निरिक्षण ११ बजे सम्म हुने बताईएको छ । त्यस्तै टोलीले विहान ११ बजे बैतडीबाट प्रस्थान गर्ने छ । भने १२:३० बजे सम्म बझाङको चैनपुर विमानस्थलको निरिक्षण गर्ने छ ।
त्यस्तै आज दिउसो १:३० बजे उक्त टोलीले डोटीको दिपायल विमानस्थलमा अबरण गर्ने छ भने दिसोउ २ बजे सम्म विमानस्थलको निरिक्षण गर्ने कार्यक्रम रहेको आलेका स्वकीय सचिब हेमन्त रेग्मीले बताए । मन्त्रीस्तरिय टोली डोटी विमानस्थलबाट २ बजे नेपालगन्जका लागी उडानभर्नेछ भने बेलुकि ३ः३० बजे काठमाण्डौ पुग्ने बताईएको छ ।
सुदुरपश्चिमका पहाडी जिल्लाबाट संचालनमा रहेका विमानस्थलहरु यात्रु अभाबका कारण देखाउदै लामो समय देखि बन्द रहेको अबस्थामा प्रतिनिधि सभा सहस्यहरुको पहलमा विमानस्थलहरुको स्तरउन्नती भएसंगै अब नियमित रुपमा विमानस्थल कसरी संचालन गर्ने भन्ने विषयमा एक प्रकारको सहमति समेत भई सकेको श्रोतको दावी छ । तिन ओटै विमानस्थलहरुबाट साप्ताहिक रुपमा नियमित उडान गर्ने तयारी भई रहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
डोटी विमानस्थलमा निरिक्षण संगै परिक्षण उडान हुने भए संगै डोटेलीहरु नियमित उडान हुन्छ की भन्ने आशमा बसेका छन् भने आज हुने कार्यक्रममा लागी तयारी पुरा भएको बताईएको छ । बर्षौ पछि दिपायल विमानस्थलमा प्लेन आउने भएसंगै ठुलो संख्याका स्थानियहरुको उपस्थिति रहन सक्ने अनुमान गरिएको छ ।