समिक्षा आचार्य, काठमाडौं / नेपालमा मनसुन केहि दिनमा मात्र निस्क्रिय हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुन लागेसंगै देशका केही स्थानमा पर्सिसम्म नै हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही क्षेत्रबाट मनसुन निस्क्रिय भए पनि बाँकी प्रदेशमा अझै केही दिन वर्षा मौसमविद्ले बताएका छन् ।
आज पनि मुलुकभरको मौसममा सामान्य वदली भएको भए संगै केही भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ भने बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।
आजै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमा बुलेटिनमा उल्लेख छ ।