युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशिला पन्त / डोटीको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाहरुले महिलाहरुको उत्थानका लागी विभिन्न कार्यक्रमहरु संचालन तथा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

समाजमा कुप्रर्थाको रुपमा रहेको जातीय छुवाछुतको अन्त्य देखी महिलाहरुको जिविकापार्जनको लागी सामुहिक तरकारी खेती सम्मका योजनाहरु संचालन गर्ने र गर्नका लागी पहल गर्ने प्रतिबद्धता गरेका हुन् ।

दलित महिला संघ डोटी द्धारा संचालित दलित महिलाको विकास र सामाजिक न्यायका लागी सुदृढिकरण परियोजना अन्तरगत गठित विभिन्न महिला संजालका पदाधिकारीहरुले नगरपालिका विभिन्न वडाका बडा अध्यक्ष संग भएको समन्यवत्मक बैठकमा जनप्रतिनिधिहरुले त्यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।

नगरपालिकाको बडा नं. ९ कलेनामा मदिराका कारण समग्र विकास निर्माण तथा सामाजिक रुपान्तरणमा समेत समस्या गरिरहेको भन्दै महिलाहरुले वडा अध्यक्षको ध्यानाकर्षण गराउदा वडा अध्यक्ष धर्म साँउदले बडा क्षेत्र भित्र प्रहरी चौकी स्थापनाका लागी आफुले पहल गर्ने र मदिरा सेवन तथा रोकथामका लागी स्थानिय सरकार पुर्ण रुपमा प्रतिबद्ध रहेको बताएका हुन् ।

त्यस्तै बडा नं. ८ मा सम्पन्न भएको समन्वयत्मक बैठकमा बडा अध्यक्ष राम वहादुर खड्काले वडा क्षेत्रमा रहेको सबै टोल बस्तीहरुमा सूचना पाटी टास गर्ने र आफुहरुले महिला मैत्री कार्यक्रमहरु ल्याउने बताएको फेडो डोटीका कार्यक्रम संयोजक योगोश मल्लले जानकारी दिए ।

भगवती दलित महिला संजालका पदाधिकारी तथा सदस्यहरुले वाड नं. ७ का अध्यक्ष कर्ण वहादुर विष्ट संग गरेको समन्वयत्मक बैठकमा वडा अध्यक्ष विष्टले सामुहीक तरकारी खेती कार्यक्रम संचालनका लागी सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

विष्टले अहिलेको अबस्थामा महिलाहरुका लागी आयमुलक शिपमूलक तालिम दिने कुरा राम्रो विषय रहे पनि तरकारी खेती गर्नका घरमा नै रोजगारीको बताबरण सृजना हुने भएका कारण संजाललाई जमिन लिजमा लिएर भए पनि सामुहिक तरकारी खेती गर्न सुझाब दिए । साथै विष्टले सामुहिक रुपमा व्यवसायीक तरकारी गर्नका लागी आबश्यक पर्ने सहयोग बडाले गर्ने प्रतिबद्धता जाहेर गरेको मल्लले बताए ।

त्यस्तै नगरपालिकाको मात्र नभई जिल्लाको सदरमुकाम समेत रहेका वडा नं ६ लाई पुर्ण रुपमा सरसफाई वडा बनाउने र सरसफाईका लागी वडा स्तरबाट गरिने कार्यक्रमहरु महिला संजाल मार्फत संचालन गर्न आफुहरु तयार भएको वडा अध्यक्ष सन्तोष बोहराले बताए ।

बोहराले भने, हामीले बडामा सरसफाईका लागी कन्टेनर वितरण गर्ने योजना बनाएका छौ त्यो कार्यक्रम महिला संजाल बाट नै गर्छौ । महिला संजालले सहयोग गर्नु पर्ने समेत बोहराको भनाई थियो ।

त्यस्तै बडा नं. २ मा आयोजना भएको समन्वयत्मक बैठकमा बडा अध्यक्ष राजेन्द्र खड्काले बडालाई पुर्ण रुपमा छुवाछुत मुक्त बडा बनाउने अभियान आफ्नै बडा बाट सुरु गर्ने र त्यसका लागी उपयुक्त समय हेरेर सहभोजको आयोजना समेत गर्ने बताए ।

जातिय छुवाछुत कानून बमोजिम डण्डनिय भएतापनि अहिले पनि समुदायमा छुवाछुत भएको देख्न पाईने भन्दै संजालका महिलाहरुले अध्यक्ष खड्कालाई भन्दा उनले आफ्नो बडाबाट नै अभियान संचालन गर्ने र छुवाछुत मुक्त वडा घोषणा समेत गर्ने गरि कार्यक्रम बनाउने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय