निश्चल नरेश बोगटी, डोटी / डोटीका ९ वटा स्थानिय तहका स्वास्थ्य केन्द्रहरुमा कार्यरत रहेका स्वास्थ्यकर्मिहरुका डोटीको एक संस्थाले ५ सय ४३ पिपिई सेट सहयोग गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाममा लागी अग्रपंक्तिमा खटी जनताको सेवामा तलिन रहने स्वास्थ्यकर्मिहरुको सुरक्षाका लागी भन्दै सम विकास केन्द्र नेपाल (ईडिसी) डोटीले ९ वटै स्थानीय तहका सम्पुर्ण स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाई गर्ने कर्मचारीलाई शुक्रबार एक कार्यक्रमका विच पर्शनल प्रोटेक्टीभ ईकुमेन्ट (पिपिई) सेट सहयोग गरेको उक्त संस्थाका अध्यक्ष अधिराज विसिले बताए ।
जिल्लामा रहेका सबै स्वास्थ्य संस्थाहरुलाई पुग्ने गरि सामाग्री सहयोग गरिएको हो । पिपिई संगै सेटमा क्याप, गमबुट, चस्मा, मास्क, गलब्स लगायतका सामाग्री रहेको उक्त संस्थाले जनाएको छ ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य पुर्णा जोशीको रोहबरमा स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी, जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीलाई उक्त संस्थाका अध्यक्ष अधिराज विसिले सामाग्री हस्तान्तरण गरेका हुन् । जिल्लामा यति ठुलो मात्रमा पिपिइसेट सहयोग गर्नेमा सम्ववतः सम विकास केन्द्र डोटी पहिलो संस्था हो ।
सो संस्थाले एक्शनएड नेपालको सहकार्यमा संचालित कार्यक्रम अन्तरगत सामाग्री हस्तान्तरण गरिएको सो संस्थाका कार्यक्रम संयोजक केशब परियारले बताए । केहि समय यता डोटीमा क्रियाशिल रहेका सामाजिक संस्थाहरु कोरोना महामारी नियन्त्रण र यस बाट समस्यामा परेका मानिसहरुको उद्धारका लागी राहत वितरणको कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।