अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दुवैको स्वास्थ्यमा अहिलेसम्म कुनै पनि खराबी नदेखिएको ट्रम्पका चिकित्सकको भनाइ छ । जोखिमको आधारमा भन्ने हो भने ट्रम्प कोरोनाको उच्च जोखिम भएको उमेर समूहमा पर्छन् । उनी ७४ वर्षका छन् ।
यस भन्दा पहिले उनको सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भए संगै उनी क्यारेन्टाईनमा बस्न सुरु गरेका थिए । आज शुक्रबार नै उनी र उनको पत्नीलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
विश्वको सबै भन्दा बढी कोरोना संक्रमणको प्रभाव रहेको मुलुकाको रुपमा अमेरिका पर्दछ । कोरोना संक्रमण रोकथामका लागी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासै चासो देखाएका थिएन् भने सुरुको लामो अबधि सम्म अमेरिका बन्द नगर्ने योजना सहित अघि बढेका थिए ।