बर्दिया / बलात्कारको अरोप लागेपछि सशस्त्र प्रहरीमा कार्यरत कैलालीका दुई प्रहरीलाई प्रहरीले पक्राउन गरेको छ ।
१९ वर्षीया किशोरीमाथि बलत्कार र उनकी १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा दुई जना सशस्त्र प्रहरीलाई बिहीबार बेलुका पक्राउ गरिएको इलाका प्रहरी कार्यालय राजापुरले जानकारी दिएको छ ।
बलात्कार र यौन दुव्र्यवहारबाट पिडीत भनिएका दुबै बालिकाहरु बर्दिया राजापुरका हुन् । आरोपी दुबै कैलालीस्थित श्रीलंका पोष्टमा कार्यरत रहेका थिए भने उनीहरुकालाई इलाका प्रहरी कार्यालय राजापुरले पक्राउ गरेको हो ।
पिडित पक्षको जाहेरीका आधारमा सशस्त्र प्रहरी जवान जीवन दर्लामी जबरजस्ती करणीको अरोप र अर्जुन सुनार जबरजस्ती करणी गरेको उद्योगको आरोपमा पक्राउ परेको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।