
भारत / भारतीय चलचित्रका महानायक अभिताभ बच्चन संग कुनै समयमा दुई रुपैयाँ नभएका कारण आफ्नो ईच्छा मार्नु परेको रहस्य खुलेको छ ।
विश्वका धनीहरुमा पर्ने बच्चन संग अहिले अरबौंका सम्पत्ति भए पनि आफू विद्यालय पढ्ने समयमा दुई रुपैयाँ नभएका कारण स्कुल क्रिकेट टिममा सामेल हुन नपाएको बच्चन आफैले खुलासा गरेका हुन् ।
भारतीय टेलिभिजनमा सञ्चालित कौन बनेगा करोडपतिमा संचालनको क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘म स्कुल क्रिकेट टिममा सामेल हुन चाहन्थे आमासँग पाँच रुपैया मात्रै रहेछ र दुई रुपैयाँ नहुँदा मैले क्रिकेट टिममा सामेल हुन पाइन।’
कौन बनेगा करोडपटिको हट सिटमा बसेका जय कुरूक्षेत्रले आफ्नो बारेमा एक कहानी सुनाएपछि उनले पनि आफू सानो हुँदा आमासँग पाँच रुपैया भएको र दुई रुपैया नहुँदा टिममा सामेल हुन नपाएको बताएका हुन् ।