अछाम / अछामको चौरपाटी गाँउपालिकाले गत वर्ष मात्र हजारौको संख्यामा खाल्टे पोखरीहरु निर्माण गर्दै पानी तथा वन जंगल संरक्षण अभियान सुरु गरेको थियो । अहिले उक्त गाँउपालिकामा कषि मोह बढेको छ ।
गाँउपालिकाको वडा नम्बर ६ दुनिका विभिन्न टोल बस्तीमा बुगुंरपालन व्यवसाय देखी स्थानियहरु तरकारी खेती गर्न थालेका छन् । उक्त बडामा नगदेबादीको रुपमा अदुवा बेसार खेतीको सुरुवात भएको छ । आग्रेनिक खेतीको रुपमा लोपहुदै गएको कोदो खेतीलाई कृर्षकहरुले प्राथमितामा राखेका छन् ।
फोटो : गाँउपालिका अध्यक्ष हर्क साउँदको फेसबुकबाट