
डोटी / योगदान राष्ट्रका लागि अभियान डोटीका अभियन्ताहरुले विभिन्न कार्यक्रम आयोजना गरि ३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको मनाएका छन् ।
दिबशका अबशरमा अभियन्ताहरुले डोटीको जिल्ला सदरमुकाममा रहेको एक मात्र बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई फलफुल जुष वितरण गरेको छन् भने स्वास्थ्य कार्यालय डोटी प्रांगणमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक दिपेन्द्र खड्काले बताए ।
डोटी जिल्लामा लामो समय सम्म बल्ड संचयगरि राख्न सक्ने प्रविधि नरहेका कारण संकेतिक रुपमा आज विहिबार अभियन्ता हिक्मत भण्डारी र आफुले मात्र रक्त दान गरेको संयोजक खड्काले बताए । खड्काले भने “हाम्रो अभियानमा धेरै साथीहरु जोडिनु भएको छ जोडिनेक्रम पनि जारी छ । अहिले जिल्लामा धेरै रक्त संचय गरि राख्न सक्ने अबस्था नभएका कारण हामी जुनसुकै समयमा पनि रक्तदान गर्न तयार छौ, त्यसैले आज नै ७ जना अभियन्ताहरुले बल्डग्रुपिङ्ग समेत गर्नु भएको छ ।”
अभियानले डोटी जिल्लामा केहि समययता विभिन्न शिपमुलक तालिम, आयमुलक तालिम, स्वाथ्य शिक्षा, कोरोना कहरका समयमा टाल शिक्षा, समुदायमा विउविजन वितरण, प्राविधिक ज्ञान हस्तान्तरण, गरिवबालकालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग लगायत जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘महामारीमा : हाम्रो उमेर र बुढ्यौलीका कारण ज्येष्ठ नागरिकलाई गरिने सम्बोधनमा परिवर्तन ल्याउँछ?’ भन्ने रहेको थियो ।