भारत / बिहीबार भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ।
उत्तर प्रदेशको प्रहरीले उनीसँगै रहेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनिे पक्राउ गरेको छ।
उत्तर प्रदेशको हाथरसमा भएको एक सामुहिक बलात्कारको शिकार भएकी युवतीको परिवारलाई भेट्न हिँडेका उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो।
प्रहरीले उनीहरुलाई निर्देशन अवज्ञा गरेको अरोपमा यमुना एक्सप्रेसवेबाट पक्राउ गरेको हो। -एएनआई