डोटी विहिबार डोटीका थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १ हजार ९७ पुगेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
पछिल्लो २४ घण्टाको परिक्षणमा बडीकेदार गाँउपालिकाका वडा नं. २ को १ जना, वडा नं. ४ को १ जना र वडा नं. ५ को २ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य प्रमुख रमेश मलासीले बताए ।