सुर्खेत / नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक एक चिकित्सकको मृत्यु भएको छ ।
२ साताअघि संक्रमण पुष्टि भएका कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५८ वर्षका चिकित्सकको आज विहिबार कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
उनलाई सास फेर्न गाह्रो भएपछि अस्पताल ल्याईएको थियो । नेपालगञ्जको भेरी अस्पतालमा राखी उनको उपचार भई रहेको थियो ।
एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा आज दिउँसो ३ बजेतिर मृत्यु उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले बताए ।