
कोरोना कहरका कारण डोटी जिल्लामा भाद्र १२ गते देखी एक साताका लागी लगाईएको निषेधआज्ञा एक साताका लागी थप भएको छ ।
कोरोना संक्रमण रोकथामका लागी भन्दै स्थानिय प्रशासनले जारी गरेको निषेधआज्ञा भाद्र २१ गते सम्मका लागी तोकिएको भए पनि आज पुन सूचना निकाल्दै निधेषआज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जानकारी दिएको छ ।
आज जारी भएको सूचना अनुसार जिल्लामा रहेको निषेधआज्ञा भाद्र २८ गते राती १२ बजे सम्मका लागी जारी रहने छ ।