
धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा खतराको घण्टी देखिएको छ ।
बुधबार एकै दिन धनगढी उपमहानगरपालिकाका ९० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार भएको परीक्षणमा उपमहानगरपालिकाका ९० जनामा संक्रमण पुष्टि भएको हो ।
उपमहानगरपालिकाको वडा नम्वर १ का २६ जना, वडा नम्वर २ का २२ जना, वडा नम्वर ३ का ९ जना, वडा नम्वर ४ का १० जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
त्यस्तै उनका अनुसार सोही नगरपालिकाको वडा नम्वर ५ का ४, वडा नम्वर ६ का २, वडा नम्वर ७ का ४, वडा नम्वर ८ का ७, वडा नम्वर ११, १२, १३ र १८ का १÷१ जना र वडा नम्वर १९ का २ जनामा संक्रमण पुष्टि भएको छ ।