
काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य नियुक्तिका विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज बहस हुँदैछ ।
अधिवक्ता दिनेश त्रिपाठी दायर गरेको मुद्दामा त्रिपाटीको पक्षबाट ९ भन्दा बढी वकिलले बहस गर्ने बताईएको छ ।
त्यस्तै गौतमको पक्षबाट नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष सहित १३ जना अधिवक्ताले बहस गर्ने श्रोतले जनाएको छ ।
यसका साथै गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने सरकार र सोको सिफारिस गर्ने पार्टी नेकपाले समेत छुट्टै अधिवक्ता यो मुद्धाको बहसमा खटाउने भएको छ ।
सरकारी कार्यालयका तर्फबाट महान्यायधिवक्ताको छुट्टै टोलीले गौतमको पक्षमा बहस गर्नेछन् ।