काठमाण्डौ / औषधी व्यवस्था विभागले हिमालय शेर्पा हर्बस् प्रालिले उत्पादन गरेको ह्यान्ड रब इन्स्ट्यान्ट र पर्साको वीरगञ्जस्थित प्राईम फर्मास्युटिकल्सले उत्पादन गरेको सेफ ह्यान्डस्लाई बजारमा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
ति दुई कम्पनीहरुले उत्पादन गरेको सेनिटाईजर राष्ट्रिय औषधि प्रयोगशालमा परीक्षण गर्दा तोकिएको मापदण्ड पूरा नभएपछि विभागले एक सूचना जारी गर्दै स्यानिटाइजर बिक्री बितरणमा रोक्क लगाएको हो । यि कम्पनीहरुलाई बजारमा पठाईएका सेनिटाईजरहरु समेत फिर्ता मगाउन निर्देशन दिएको छ ।
यी स्यानिटाइजर परिक्षण गर्दा न्युन गुणस्तरको पाइएको छ । विभागले यी स्यानिटाइजरहरु सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन पनि सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।
विभागले यसअघि डेढ दर्जन कम्पनीका स्यानिटाइजरमा विषक्त रसायन मिसाएको पाइएको भन्दै उत्पादन र बिक्री वितरणमा रोक लगाइसकेको छ ।