डोटी / सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमित एक हजार भन्दा बढी पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार प्रदेशमा मंगलवार ३ बजे सम्ममा संक्रिया संक्रमितको संख्या १ हजार २४ पुगेको हो ।
प्रदेशका ९ जिल्लाहरु मध्ये सबै भन्दा बढी संक्रमित प्रदेशको राजधानी समेत रहेको धनगढीमा रहेका छन् । धनगढीमा बुधबार सम्म ५ सय १ जना संक्रिय संक्रमित छन् ।
त्यस्तै डोटीमा एक सय ३६, बझाङमा एक सय १७, अछाममा ९७, बैतडी ८४, कञ्चनपुरमा ४७, दार्चुलामा ३० र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । प्रदेशको बाजुरा जिल्लामा मात्र एक जना पनि संक्रिय संक्रमित नरहेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै प्रदेशमा बुधबार ३ बजे सम्मको तथ्यांकलाई हेर्दा ७ हजार १ सय ५० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । त्यस मध्ये ६ हजार १ सय १० जनाले कोरोना माथी जित हासिल गरेका छन् ।