
आशिष बहादुर सिंह / बझाङ प्रहरीले सम्झना कामीका हत्याका आरोपीलाई सार्वजनिक गरेको छ । सीताको हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो ।
७ असोजमा मष्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया सम्झना कामीका हत्या भएको थियो । गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी सीताको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो ।
साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको छ । सोही ठाउँकी नाम परिवर्तित १३ वर्षीया बालिका डि कुमारी दमाईलाई जबरजस्ती करणीको जाहेरी परेको परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।