युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

चक्र मल्ल बडीकेदार / नेपाल कम्यूनिष्ट (नेकपा) को बडिकेदार गाउँपलिकास्तरिय अगुवा कायकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

बडिकेदार गाउँपालिका संगठन कमिटीद्धारा उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि एक सय भन्द बढि जना नेकपा प्रबेश गरेको नेकपा डोटीले जनाएको छ ।

कार्यक्रममा बोल्दै नेकपाका डोटीका पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति चक्र मल्लले अब पार्टीलाई अझै बलियो बनाउदै अघि बढ्नु पर्ने र गाँउगाँउमा टोलटोलमा नेकपा नेता तथा कार्यकर्ताहरुले संगठन विस्तार सदस्यता वितरणका साथै सबैलाई संगठित गर्दै आगामी निर्वाचनमा डोटीका ९ ओटै स्थानिय तहमा जित्ने विश्वास रहेका बताए ।

त्यस्तै अध्यक्ष मल्लले आफुहरुले भष्ट्रचार नगर्ने र भष्ट्राचार गरेको देख्दा नी नसहने पार्टी निति भएका कारण कहि कतै भष्ट्राचार भए गरेको देखे तिनिहरुलाई कानूनी कटघरामा ल्याउनका लागी पार्टीका नेता तथा कार्यकर्ताहरु अग्रमोर्चामा रहनु पर्ने बताए ।

पार्टीका सबै नेता कार्यकर्ता खटेमा आगामी निर्वाचनमा डोटी जिल्लामा सहजै नेकपाको झण्डा फरफराउनेमा विश्वास गर्न सबैलाई मल्लले आग्रह समेत गरे ।

उक्त कार्यक्रममा बोल्दै बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष तथा प्रदेस कमिटि सदस्य कमल गडसिलाले जनताको मनोभावना बुझेर काम गरे जनताको पार्टी हुने भएका कारण आफुहरुले सधै जनमुखी कार्यलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने धारणा राखे । गड्सिलाले भने, “जनताको मतले विजयी भएका जनप्रतिनिधिहरुले जनताको काम गरे मात्र सधै जनताले विश्वास गर्छ ।”

सो कार्यक्रममा बोल्दै बडिकेदार गाउँपालिका संगठन कमिटी अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष दिनेश घर्तिले अगामि दिनमा बडिकेदार गाउँपालिकामा पार्टीलाई बलियो बनाई लैजाने र सबै संगठनलाई अझै मजबुत बनाएर जाने बताए । घर्तिले भने, “हामीले साथै बडिकेदार गाउँपालिकालाई नजिकबाट नियालेका छौ । गाँउपालिकामा हुने भष्ट्राचार अनियमिताका बारेमा हामी चुप लागेर बस्न सक्दैनौ ।”

उक्त कार्यक्रममा उक्त पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, बिभिन्न गाँउपालिकाका गाँउ संगठन कमिटी पदाधिकारी नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय