
बाँके / जिल्लाको नेपालगन्ज मेडिकल कलेजमा उपचार गराई रहेका एक स्वास्थ्यकर्मि सहित २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार १ जना संक्रमितको गएराति र १ जनामा आज विहान ४ बजे उपचारकाक्रममा मृत्यु भएको हो ।
मृत्यु हुने दुबै नेपालगञ्जका हुन् । कोहलपुर नगरपालिका वडा नंं १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।