
धनगढी / सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका कुल कोरोना भाईरस संक्रमितहरु मध्ये ६ हजार १ सय १ जनाले कोरोना माथी विजय प्राप्त गरेका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले दिएको जानकारी अनुसार सोमबार मात्र प्रदेश भरमा थप ८२ जनाले कोरोना भाईरस संक्रमण मुक्त भएका हुन् ।